बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार, १३ असोज २०७९, ११ : ४७
बिहीबार, १३ असोज २०७९

बिहीबार बजारमा सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले बढ्दै ९२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप