शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जबाट लागुऔषध सहित ५ जना पक्राउ

बिहीबार, १३ असोज २०७९, ११ : ४०
बिहीबार, १३ असोज २०७९

पर्साको वीरगञ्जबाट प्रहरीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका २६ वर्षीय उत्तम आचार्य, २० वर्षीय अरुण राई, काठमाडौंको चन्द्रागिरी घर भएका सुविन श्रेष्ठ, भारतीय नागरिक ओम प्रकाश महतो र बारा घर भएका प्रदिप बोहरा क्षेत्री छन् । 

वीरगञ्ज–१४ स्थित गण्डक सडक खण्डबाट ना.१ घ २८२३ नम्बरको ई–रिक्सामा सवार उनीहरुको साथमा लागुऔषध  फेला परेको पर्साका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट निट्जाकेयर ट्याब्लेट ३०० वटा,   डाइजेपाम १७ सय पिस, फेनारगन १७ सय पिस र नुर्फिन १७ सय पिसा बरामद गरेको छ ।

आरोपीहरुबिरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप