शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कामना सेवा बैंकको कार्डमा ई–कमर्श सुविधा

बिहीबार, १३ असोज २०७९, ११ : २०
बिहीबार, १३ असोज २०७९

कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्डमा इकमर्श सुविधा समावेश गरेको छ । आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्न बैंकले यस्तो सुविधा थप गरेको हो ।

सुविधा थप भएपछि कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान खरिद गरी आफ्नो इकमर्स सक्रिय डेबिट वा क्रेडिट कार्डमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले असोज १० गतेदेखि यो सुविधा लागू गरिएको जानकारी दिएको छ ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो कार्ड मार्फत यो सुविधा लिन  आफ्नो नजिकैको शाखामा गई सजिलै इकमर्स सुविधा सुचारु गराउन सक्नेछन् । साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले चाडपर्वको अवसरमा इकमर्स सक्रिय कार्ड मार्फत सपिङ प्ल्याटफर्म सस्तोडील अनलाइनबाट किनमेल गर्दा २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको नगद छुटको लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप