दसैँ लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं

दसैँ लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् । घटस्थापनादेखि बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायात मार्फत बाहिरिएका छन् ।
यो संख्या झनै बढ्ने आकलन गरिएको छ । शुक्रबार पछि दर्सैंको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ ।
ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् । यसपटक दसैँको वेला झन्डै २० लाखले उपत्यका छाड्ने आकलन गरिएको छ ।
ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेकर्ड राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा