दसैँ लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

दसैँ लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता  निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् । घटस्थापनादेखि बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायात मार्फत बाहिरिएका छन् ।


यो संख्या झनै बढ्ने आकलन गरिएको छ । शुक्रबार पछि दर्सैंको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ ।



ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् । यसपटक दसैँको वेला झन्डै २० लाखले उपत्यका छाड्ने आकलन गरिएको छ । 



ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेकर्ड राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।