भुजुङ हाइड्रोपावरको विक्री प्रबन्धकमा कुमारी क्यापिटल
भुजुङ हाइड्रोपावर लिमिटेडले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी गर्न लागेको ५ लाख ८५ हजार कित्ता साधारण सेयर (आईपीओ) को लागि कुमारी क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिएको हो ।
सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । हाल भुजुङ हाइड्रोपावरको अधिकृत पुँजी ५० करोड रूपैयाँ, जारी पुँजी ४३ करोड रूपैयाँ र चुक्ता पुँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ ।
सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ भने कम्पनीले ५ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लामा छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ जारी गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा