भीम रावल भन्छन्– म पार्टीको सम्पर्कमै छु

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

नेकपा एमालेका नेता भीम रावलले आफु पार्टीको सम्पर्कमै रहेको प्रष्टिकरण दिएका छन् । सोमबार साँझ नेकपा  एमाले सुदूरपश्चिमका नेताहरुले रावल पार्टीको सम्पर्कमै नरहेकाले उनको उम्मेदवारीबारे विकल्प सोच्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । 


तर, रावलले भने आफु पार्टीको सम्पर्कमा नरहेको भन्ने अभिव्यक्ती गलत भएको भन्दै अहिले पनि आफु अछाम निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न कार्यक्रममा सहभागी भइरहेको रातोपाटीलाई बताए । ‘म अहिले पनि अछाममा पार्टीकै कार्यक्रममा छु । पार्टीको जिम्मेवारी अनुसार नै जनता कार्यकर्तासँग पुगिरहेको छु’, रावलले बिहीबार बिहान रातोपाटीसँग भने । 



नेता रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटीबाट भएका औपचारिक कार्यकर्ता भेला तथा भेटघाटमा सहभागी भइरहेको र भेलामा जानुभन्दा अगाडि जिल्लाका इन्चार्जलाई समेत जानकारी गराएको बताए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।