यी हुन् गठबन्धनबाट माओवादीले प्रत्यक्ष निर्वाचन लड्ने निर्वाचन क्षेत्र

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो ।
जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने करिब करिब सहमति जुटेको छ ।
बाबुराम भट्टराई नेतृत्वको नेसपासहित जोडेर माओवादीले ५३ सिट पाउने करिब सहमति जुटेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल