किशोर थापाले छाडे विवेकशील साझा
बिहीबार, १३ असोज २०७९, ०७ : ५८
विवेकशील साझाका केन्द्रीय सदस्य किशोर थापाले पार्टीबाट राजीनामा दिएका छन् । उनले असोज ४ गते पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालाई पार्टीको साधारण सदस्य समेत नरहे गरी राजीनामा बुझाए पनि पत्र बुधबार साँझ मात्र सार्वजनिक गरिएको हो ।
उनले विवेकशील साझाको अस्तित्व रहेसम्म पार्टीलाई समर्थन, सद्भाव र सहयोग रहने राजीनामा पत्रमा उल्लेख छ । नेपाल सरकारका पूर्वसचिव थापा ०७४ को स्थानी निर्वाचनमा काठमाडौं महानगरपालिकाकाे मेयरको उम्मेदवार बनेका थिए ।
अहिले विवेकशील साझा नेताहरुले पार्टी छोड्ने लहर चलेको छ । विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रको समूह बुधबार राप्रपा प्रवेश गरेको छ । विवेकशील साझाका अधिकांश चर्चित अनुहार पनि निश्कृय बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ