मेक्सिकोमा बन्दुकधारीद्वारा ५ प्रहरीसहित ६ जनाको हत्या
बिहीबार, १३ असोज २०७९, ०७ : ३९

उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् । क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो ।
जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ । आक्रमणमा लागूऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ ।
गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० शव फेला परेका थिए । यसैबीच, पछिल्लो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा