चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु
बिहीबार, १३ असोज २०७९, ०७ : २५
उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । चाङचुन शहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ ।
आगलागी लगत्तै अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण अनुसन्धान भइरहेको छ । चीनमा घातक आगलागी बारम्बार हुने गरेका छन्, जहाँ भवन संहिता उल्लंघन गरेर व्यापक अनधिकृत निर्माण भइरहन्छन् ।
यस महिनाको सुरुमा, चाङ्साको मध्य शहरमा भएको ठूलो आगलागीले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी चाइना टेलिकमको कार्यालय रहेको गगनचुम्बी भवनमा क्षति भएको थियो । त्यस्तै उत्तरपूर्वी जिलिन प्रान्तमा एउटा गोदाममा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न