शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दललाई उम्मेवार छान्नै हम्मे

बिहीबार, १३ असोज २०७९, ०६ : ००
बिहीबार, १३ असोज २०७९

१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि राजनीतिक दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

प्रमुख सत्तारूढ दलका रूपमा रहेको नेपाली कांग्रेसभित्र एकातर्फ समाानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न कांग्रेसलाई सकस भइरहेको छ ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतरसमूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको र सिट बाँडफाँट सकिएलगत्तै कांग्रेसका भागमा परेका निर्वाचन क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप