बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बागमतीमा कांग्रेसको सरकार बन्यो भने १० हजार विपन्नलाई घर बनाइदिन्छौं : सभापति बानियाँ

बुधबार, १२ असोज २०७९, २१ : ५७
बुधबार, १२ असोज २०७९

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बागमतीमा कांग्रेसको सरकार बन्यो  भने अति विपन्नहरूलाई घर बनाइदिने बताएका छन् ।

बुधबार काठमाडौंमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले पहिलो वर्ष २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए । ‘बागमती प्रदेशले विपन्न, लोपोन्मुख, सीमान्तकृत, अल्पसंख्यक जनतालाई पहिलो वर्ष नेपाली कांग्रेसले २५ सय घर बनाएर हस्तान्तरण गर्नेछ’, उनले भने, ‘कांग्रेसको सरकार बन्ने वित्तिकै अभियानको शुरु गर्नेछ ।’

त्यसपछि विपन्न १० हजार परिवारको कांग्रेसको बागमती प्रदेश सरकारले घर बनाउने उनले बताए  ।  ‘एउटा घर ५ लाखमा बन्छ । एक अर्बले त्यस्ता घरहरू बन्छ, सभापति बानियाँले भने, ‘प्रदेशको बजेट एक खर्ब हुन्छ । गरिवलाई काँग्रेसप्रति आकर्षण बढाउनुपर्छ ।’ 

यस्तै उनले उनले बागमती प्रदेशमा उत्पादन हुने किबीसहितका फलफूलबाट गुणस्तरीय रक्सी बनाउन सकिने बताए ।  ‘विदेशबाट आउने रक्सीलाई कम आयात होस् भनेर आफ्नै स्थानीय कृषिका उपज प्रयोग गरेर रक्सी बनाउनुपर्छ’, उनले भने, ‘विदेशबाट आयात हुने कपडामा कर बढाएर जाने । स्वदेशी समानलाई प्रयोग गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप