सादा पोसाक खटिए ट्राफिक प्रहरी, बढी भाडा लिने धमाधम पक्राउ
चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई काठमाडौँ उपत्यकाबाट ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँ बसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना पक्राउ परेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले आज दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधिमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गोंगबु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जेलसको अग्नि प्रभावित क्षेत्रमा राती कर्फ्यू
-
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सल्लाहकार परिषदद्वारा सिफारिस
-
द्विविधा नहोस् भन्दै परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक
-
१२ बजे, १२ समाचार : तीनवटा अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयदेखि वर्तमान सरकार संकटमा परिसकेको भन्दै विपक्षी दलको दौडधूपसम्म
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित