भारतमा आइफोन १४ को उत्पादन थालियो
अमेरिका चीनबीचको व्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन थालेको हो ।
चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै एपलले आफ्नो नयाँ संस्करणहरूलाई विकेन्द्रित गर्न थालेको विश्लेषकहरूले अनुमान गरेका छन् ।
एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको थियो ।
“नयाँ आईफोन १४ मा नवीनतम प्रविधिहरू र महत्वपूर्ण सुरक्षा क्षमता छन् । हामी भारतमा आईफोन १४ उत्पादन गर्न उत्साहित छौँ,” एपलले हालै जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।
ताइवानमा रहेको फक्सकन कम्पनीले एपलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ । उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आईफोनका पुराना संस्करणका बनाउँदै आएको र आईफोन १४ भारतमै बनाउन थालेको हो । रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ