शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध सेवन गरी सवारी साधन चलाउने १ जना चालक पक्राउ

बुधबार, १२ असोज २०७९, २० : ३३
बुधबार, १२ असोज २०७९

लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा १ जना चालकलाई साँझ नागढुङ्गा सडक खण्डमा फेला पारेको हो । 

बागमती प्रदेश ०१( ००६ ख ३९९१ नम्बरको आईचर गाडीका  चालक धादिङको धुनीबेंसी नगरपालिका ५ का २३ वर्षीय सुजन ढकाल लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका हुन् । चेकिङको क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा हालसम्म ४ जना चालक फेला परेका छन् ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप