पश्चिम रुकुमको मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको २६२ औं शाखाको समुद्घाटन

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुमको मुसिकोट न.पा.वडा न.१ मा २६२औं शाखा कार्यालय शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् । 


उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुँच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । 



बैंकको कर्णाली प्रदेशिक कार्यालयका उपप्रमुखको केसबराज खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रदेश मन्त्री एवं सांसद माननीय गोपाल प्रसाद शर्मा, प्रदेश सांसद माननीय देवी ओली, आठबिसकोट नगरपालिकाका प्रमुख रबि के.सी.,मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र के.सीलगायतको सहभागिता थियो ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।