बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्षमा निर्वाचित

बुधबार, १२ असोज २०७९, १९ : २३
बुधबार, १२ असोज २०७९

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्षमा निर्वाचित भएका छन् । राउण्ड टेबल इन्टरनेशनल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था हो । 

 उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली भएको जनाइएको छ ।  राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ ।

संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको जनाइएको छ । राउण्ड टेबल इन्टरनेशनल १८ देखि ४० वर्ष उमेर समूहका गैर–राजनीतिक र गैर–साम्प्रदायिक युवाहरूको संगठन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप