२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सनराईज क्यापिटलको निर्णय
बुधबार, १२ असोज २०७९, १९ : १८

सनराईज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।
उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात् वितरण गर्ने जानकारी कम्पनीले गराएको छ । कम्पनीले हाल शेयर निष्कासन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी व्यवस्थापन सेवा, शेयर प्रत्याभूति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्यूचुअल फण्ड र सनराईज ब्लचीप फण्ड गरी २ वटा बन्दमुखी योजना सञ्चालन गर्दै आएको छ ।
निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भए पश्चात् थप १ बन्दमूखी सनराईज फोकस्ड इक्युटि फण्ड सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?