सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग, नयाँ पार्टी गठन गर्ने

बुधबार, १२ असोज २०७९, १९ : ०२
बुधबार, १२ असोज २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जनाएका हुन् ।

कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट सञ्चालित रहेको आरोप लगाए । उनले पार्टी स्वेच्छाचारी रूपमा सञ्चालन गरिएको र खस आन्दोलनलाई धोकादिने काम भएकोले आफूले पार्टी परित्याग गरेको बताए । जसपामा समाहित हुनुअघि कार्कीले खस समावेशी राष्ट्रिय पार्टीको नेतृत्व गरेका थिए ।

१० वर्ष अघि सो पार्टी जसपामा समाहित भएको थियो । जसपा पार्टी परित्याग गरेपछि अब उपरान्त आफूले विगतमा उठाउँदै आएका मुद्दाहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउँदै राष्ट्रिय मुक्तिको अभियानमा जुट्ने उनले बताए । नेता कार्कीले खस, मधेसी र आदिवासीलगायत अन्य विभिन्न मुद्दालाई उठान गर्न पहिचानवादी नयाँ पार्टी गठन गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप