शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर दुई जनाको मृत्यु

बुधबार, १२ असोज २०७९, १८ : ०१
बुधबार, १२ असोज २०७९

सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधबार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता देवी यादव र सोही गाउँपालिका–६ बस्ने ६० वर्षीय उदित चन्द्र यादव छन् । 

उनीहरुको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रिता देवीले भैँसीलाई पानी खुवाउने क्रममा र उदित चन्द्रले आफ्नै घरबाट करिब एक किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।-न्युज कारखाना   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप