बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाकी नेतृ चौधरी कांग्रेसमा प्रवेश

बुधबार, १२ असोज २०७९, १७ : ३३
बुधबार, १२ असोज २०७९

लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई स्वागत गरेका हुन् । स्रोतका अनुसार काँग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको छ । सर्लाही–४ मा डा. अमरेशकुमार सिंहले टिकटको दावी गर्दै आएका थिए । चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ ।

लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्थ ठाकुर निकट हुन् । उनी लोसपाबाट समानुपातिक सांसद भएकी थिइन् ।  यसपटक समानुपातिकमा नपरेपछि उनी काँग्रेसमा प्रवेश गरेकी हुन् । चौधरीको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ डा.आरजु देउवा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप