शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा म्याद नाघेका खाद्यवस्तु नष्ट गरियो

बुधबार, १२ असोज २०७९, १७ : २३
बुधबार, १२ असोज २०७९

पाल्पाको माथागढीमा बजार अनुगमन गरी म्याद नाघेका खाद्यवस्तु नष्ट गरिएको छ । माथागढी गाउँपालिकाले बुधबार वडा नं. ३ को कसेनीको सराई बजारमा अनुगमन गरेको छ । सराईको ओझापुल, खिरौली, फूलबारी चोकलगायतका बजारमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बेकरी, मसला, हलुका पेय पदार्थ, चाउचाउ, शृङ्गारका सामग्रीलगायतका सामग्री म्याद नाघेका भेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिए ।

अनुगमनमा अधिकांश पसल दर्ता भएको तर पसलको दर्ता अनुमति नवीकरण नगरेकाले नवीकरण गर्न र मुल्य सूची टाँस गर्न निर्देशन गरिएको छ । अनुगमनमा पालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेमगरको नेतृत्वमा भएको हो । अनुगमनमा भेटिएका म्याद नाघेका खाद्यवस्तु जंगलमा लगेर नष्ट गरिएको ज्ञवालीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप