अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो काठमाडौँमा

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0

संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन् । 


भ्रमणको क्रममा उनले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्नुहुने यहाँस्थित दूतावासले जनाएको छ । यसैगरी भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे हुने छलफलमा पनि सहभागी हुनेछिन् ।



भ्रमणका क्रममा उनले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनःस्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने बताइएको छ ।
 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।