शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एप्पलका प्रमुख टिम कुकले महिलाको प्रश्नमा भने – हाम्रो यहाँ पनि यस्तै अवस्था छ

बुधबार, १२ असोज २०७९, १५ : ४३
बुधबार, १२ असोज २०७९

आइफोन बनाउने विश्वको दिग्गज कम्पनी एप्पलका सिइओ टिम कुकले टेक कम्पनीमा अहिले पर्याप्त महिला नभएको र यसमा उनको आफ्नै कम्पनी पनि समावेश भएको बताएका छन् । बीबीसीलाई दिएको एक विशेष अन्तरवार्तामा कुकले कर्मचारीमा विविधत हुन नसके प्रविधिबाट ‘जति हुनुपर्ने हो, ती सबै हासिल हुन नसकिने’ बताएका छन् ।

उनले यो क्षेत्रमा महिलाको कमीका लागि कुनै पनि बहाना चल्न नसक्ने बताएका छन् ।  कुकले अगमेन्टेड रियालिटी अर्थात् एआर र मेटाभर्सको अवधारणा उत्कृष्ट रहेको पनि बताए ।

उनले भने्, ‘भविष्यमा जनताले सोच्नेछन् कि एआर बिना हामी कसरी बाँचिरहेका थियौं, हामीले यस क्षेत्रमा धेरै लगानी गरिरहेका छौं ।’ वास्तवमा अग्मेन्टेड रियालिटी डिजिटल दुनियाँ र वास्तविक दुनियाँको मिश्रण भएको उनले बताए ।

यसलाई उदाहरण स्वरुप यसरी पनि बुझ्न सकिन्छ कि यदि तपाईंले कुनै फर्निचर आफ्नो घरमा ल्याउन चाहनुहुन्छ र यसलाई क्यामरामार्फत् तपाईं भर्चुअल्ली आफ्नो कोठामा फिट गरेर यो तपाईंको घरमा कस्तो देखिन्छ भनेर हेर्नुहुनेछ ।

यस्तै मेटावर्स एउटा पूरा भर्चुअल दुनियाँ हो जसमा ठूला टेक कम्पनीले अत्यधिक लगानी गरिरहेका छन् । हालै फेसबुकले आफ्नो नाम फेरेर मेटा बनाएको छ जसले यो देखाउँछ कि मेटावर्स टेक्नोलोजी उनीहरुको प्राथमिकताको महत्वपूर्ण हिस्सा हो ।

 ‘महिलाको कमीमा कुनै बहाना चल्दैन’

एप्पलले हालै बेलायतमा महिला संस्थापक र एप डेभलपर्सका लागि आफ्नो फाउन्डर्स डेभलपमेन्ट प्रोग्राम सुरु गरेको छ । कुकले भने, ‘मलाई लाग्छ कि प्रविधिको सार र मानवतामाथि यसको प्रभाव यो दुनियाँमा महिलाको उपस्थितिमाथि निर्भर हुन्छ ।’

‘प्रविधि एउटा उत्कृष्ट चिज हो जसमार्फत् थुप्रै कुरा सम्भव हुनसक्छ । तर जबसम्म कुराकानीको मेचमा विचारको विविधता नभएसम्म उत्कृष्ट समाधान हुन पाउनेछैन ।’

उनी भन्छन्, ‘विविधताको क्षेत्रमा एप्पलसहित कम्पनीले थोरै सुधार गरेको छ तर टेकको दुनियाँमा महिलाको कम सहभागिताको विषयमा कुनै बहाना बनाउन सकिँदैन ।’

एप्पलको विविधताको आँकडा अनुसार सन् २०२१ मा अमेरिकामा ३५ प्रतिशत महिला कर्मचारी थिए । एप्पलले सन् २०१४ पिरियड ट्र्याकर बिनाकै हेल्थ किट लञ्च गरेको थियो । यसैकारण यसका डेभलपर्स पुरुष पूर्वाग्रहको एउटा नमुना हो भन्दै व्यापक आरोप लागेको थियो ।

यो क्षेत्रमा एउटा चुनौती के पनि हो भने स्कुलमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषय छान्ने मामिलामा महिलाको कमी छ ।

कुक भन्छन्, ‘कम्पनीले यो भन्न सक्दैन कि ‘कम्प्युटर साइन्स लिने पर्याप्त महिला छैनन् – त्यसैले हामीले पर्याप्त महिलालाई जागिर दिन सक्दैनौँ ।’’

‘हामीले ती व्यक्तिको संख्यालाई मौलिक रुपमा फेर्नुपर्ने छ जसले कम्प्युटर साइन्स र प्रोग्रामिङ लिइरहेका छन् ।’

उनका अनुसार स्कुलको कोर्स समाप्त हुञ्जेलसम्म सबैले कुनै न कुनै प्रकारको कोडिङ कोर्स गर्नुपर्छ  ताकि कोडिङले कसरी काम गर्छ, एप कसरी बनाइन्छ, यसको कामकाजी ज्ञान थाहा हुन सकोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप