राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्छ : ईश्वर पोखरेल
![राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्छ : ईश्वर पोखरेल](https://rpcdn.ratopati.com/media/albums/ishwor_pokharel_3_4sPFfwwZL8.jpg)
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्ने बताएका छन् । काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले बुधवार लाजिम्पाटमा आयोजना गरेको बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा एमाले उभिने बताए ।
‘राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने, ‘अहिले विभिन्न साथीहरू विभिन्न रूपले प्रकट हुनुभएको छ । तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन । एउटा दल खराब भए फेरि अर्को दल आउँछ ।’
एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनले बताए । ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उनले भने, ‘हामीसँग दुई वटा ठुला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ ।’
जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे । आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए । ‘मंसिर ४ गते एमाले आउँछ । सूर्य चिन्ह आउँछ–आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गठन गरेको वार्ता समितिसँग मुक्कुमलुङ संरक्षण समितिले वार्ता नगर्ने
-
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न
-
एक वर्षमा २ हजार बढी कुष्ठरोगका बिरामी फेला
-
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
-
निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
-
अहिले कथा हिरो भएको समय हो : रेखा थापा