दसैँमा १२ अर्ब रुपैयाँ नयाँ नोट सटही, बैंकमा कहिले फर्कन्छन् यी नोट ?
यसपालीको दसैँमा नेपालीले १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिसकेका छन् । दसैँ तिहार र छठ पर्वको अवसर पारेर राष्ट्र बैंकले उपलब्ध गराएको सफा नोट सटही सुविधामा सो बराबरको नयाँ नोट साटिएको हो ।
नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो । आज (असोज ११ गते) सम्ममा १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । राष्ट्र बैंकले आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउने भएकोले थप ५० करोड रुपैयाँ जति नयाँ नोट सटही हुन सक्ने अनुमान कार्यकारी निर्देशक नेपालले गरे ।
‘बैंक तथा वित्तीय संस्थाहरुले ठूलो परिमाणमा नोट लाने हुन्, उनीहरुले लगिसकेका छन्, अब लाने भनेको सर्वसाधारणले मात्रै हो, सर्वसाधारणले दैनिक १० देखि १५ करोड रुपैयाँ बराबरका नयाँ नोट साट्ने गरेकोले आगामी शुक्रबारसम्ममा बढीमा ५० करोड रुपैयाँ बराबरका नयाँ नोट साटिन्छ होला,’ कार्यकारी निर्देशक नेपालले रातोपाटीसँग भने ।
नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयहरूबाट नयाँ नोट सटही गरिरहेको छ । काठमाडौंको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिरहेको उनले जानकारी दिए । राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्ने गरेका छन् । काठमाडौं उपत्यका बाहिरका कार्यालयहरूबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गर्ने गरेका छन् । यसो गर्दा जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको कार्यकारी निर्देशक नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ