मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रुपेश अधिकारी र दीपेन्द्र धिमाल एन्फा सदस्यमा निर्वाचित

बुधबार, १२ असोज २०७९, १४ : ५९
बुधबार, १२ असोज २०७९

रुपेश अधिकारी र दीपेन्द्र धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । एन्फाको बुधवार बसेको विशेष साधारण सभामा भएको पुन: निर्वाचनबाट रुपेश र दीपेन्द्र निर्वाचित भएका हुन् ।

सदस्यमा निर्वाचितमध्ये रुपेश एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहका हुन् । दीपेन्द्र भने अध्यक्ष पंकज विक्रम नेम्बाङ समूहका हुन् । रुपेशले ५४ मत प्राप्त गरे भने दीपेन्द्रले ४७ मत प्राप्त गरे । सदस्यकै प्रत्यासी लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।

यसअघि गत असार ६ गते सम्पन्न निर्वाचनमा चार जनाकै समान ३९ भोट आएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप