मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कमेडियन हिमेस पन्त प्रतिनिधिसभा उम्मेदवार बन्ने

बुधबार, १२ असोज २०७९, १४ : ५४
बुधबार, १२ असोज २०७९

मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त पनि उम्मेदवार बन्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी धादिङबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका हुन् ।

हिमेशलाई आफ्नो पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री डा. मुकन्द ढकालले जानकारी दिए । रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन् । उनी पछिल्लो समय विभिन्न कमेडी शोमा व्यस्त रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप