बिग बोसबाट १००० करोड पारिश्रमिकको प्रश्नमा सलमान खानले के भने ?

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0

रियालिटी शो बिग बोसको १६ औं सिजन चाँडै टिभीमा प्रशारण हुँदैछ । अभिनेता सलमान खानले पछिल्लो १२ वर्षदेखि यसलाई होस्ट गर्दै आएका छन् । नयाँ सिजनबारे जानकारी दिन एक लाइभ शो आयोजना गरिएको थियो । यतिबेला सलमान खानले विभिन्न प्रश्नको जवाफ दिए । बिग बोससँगको आफ्नो लगातार १२ वर्षको यात्रा कस्तो रह्यो भनेर सोध्दा सलमानले भने, ‘१२ वर्ष लामो समय भइसक्यो । अब म यसमा भिजिसकेको  छु ।


यी चार महिनाको अवधिमा म परिवारका सदस्यहरूसँग हुनेछु । बाटो बिराएका घरका सदस्यलाई बाटो देखाउँछु । जसमाथि दुर्व्यवहार गरिन्छ उनीहरुलाई जोगाउँछु । जुन चार महिना बित्छन्, यसमा सहभागी परिवारका सदस्य जस्तै हुन्छन् ।’ बिग बोसका लागि मोटो शुल्क लिएको हल्लाको सलमान खानले खुलेर जवाफ दिएका छन् ।



उनले भने, ‘मेरो शुल्कको बारेमा सबै रिपोर्टहरू गलत छन् । यदि मैले १००० करोड रुपैयाँ पाएँ भने, म जीवनमा कहिल्यै काम गर्दिनँ । तर एक दिन त्यो समय पनि आउनेछ । यदि मैले यो कहिल्यै पाएँ भने पनि मेरो धेरै खर्च छ... वकिलको शुल्क पनि धेरै नै छ । धेरै पैसा त त्यसमा नै खर्च हुन्छ । मेरो कमाई यसको एक चौथाई पनि छैन । यो जुन आँकडा तपाईंहरुले बढाइचढाइ गर्नु हुन्छ नि,  भाइ यसलाई आयकर र ईडीले पनि याद गरिरहेको हुन्छ ।’



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।