शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ठुला पार्टीको ब्रम्हलुट अन्त्य गर्नुपर्छ : पशुपति शमशेर

बुधबार, १२ असोज २०७९, १४ : ४३
बुधबार, १२ असोज २०७९

राप्रपाका नेता पशुपति शमशेर राणाले ठुला पार्टीका नेताहरुले देशमा गरिरहेको ब्रम्हलुटको अन्त्य गर्नुपर्ने बताएका छन् ।  बुधबार काठमाडौमा भएको पार्टी एकता सभामा बोल्दै आगामी निर्वाचनमार्फत जनमत बटुलेर राप्रपाले विकासको अभियान छेड्नुपर्ने बताए  । उनले यो मुलुकलाई उज्यालोतर्फ लैजान सिंगो राप्रपा लाग्ने भन्दै पार्टीका दुईजना युवा नेतासँगै देश बनाउन आफु पनि हिँड्न तयार रहेको बताए । 

‘म ८१ वर्षको मान्छेसमेत मिलेर ठुला पार्टीका नेताको ब्रम्हलुट अन्त्य गर्नुपर्छ । अति भयो’, उनले भने, ‘यो पटकको चुनाव अरु बेलाको जस्तो होइन साँच्चिकै चुनाव हुनेछ । फेरबदल गरेरै छाड्ने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप