बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुर्किनाफासोमा आक्रमण, ११ सैनिकको मृत्यु, ५०  सर्वसाधारण बेपत्ता

बुधबार, १२ असोज २०७९, १४ : ०८
बुधबार, १२ असोज २०७९

उत्तरी बुर्किना फासोमा भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको छ  । विद्रोहीहरुको आक्रमणमा परेर कम्तिमा ५० जना सर्वसाधारण बेपत्ता भएको बुर्किनाफासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।

जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युन नजिक विद्रोहीहरूले आक्रमण गरेका थिए ।  ‘आक्रमणमा ११ सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका छन्’ विज्ञप्तिमा जनाइएको छ ।

आक्रमणकारीको खोजी जारी रहेको विज्ञप्तिमा भनिएको छ ।   बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ । पश्चिम अफ्रिकी यस राष्ट्रमा भएका आक्रमणहरूमा एघार सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।  १९ लाख भन्दा बढी अन्य विस्थापित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप