शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रनानि खड्का चितवन जिल्लाको उत्कृष्ट प्रहरी

बुधबार, १२ असोज २०७९, १३ : २०
बुधबार, १२ असोज २०७९

प्रहरी नायव निरिक्षक (सई) राजनबहादुर खड्का चितवन जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । चितवनका एसपी नवराज अधिकारीले अनुसन्धानमा दक्षता प्रदर्शन गरेको भन्दै खड्कालाई उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेका हुन् ।

भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेर उनलाई नगद र सम्मान पत्र प्रदान गरिएको छ । भदौ २६ मा दिउँसो भरतपुर महानगरपालिका–४ मा रहेको नारायणी मनि ट्रान्सफरको कर्मचारीलाई मार्ने धम्कि दिएर सो मनि ट्रान्सफरको काउण्टरमा रहेको २ लाख ४ हजार डाँका गरेर भागेका आरोपीलाई खड्काले छोटो समयमा पक्राउ गरेका थिए ।

एक महिनाको अवधिमा उनले हराएका ४३ थान मोबाइल फेला पारेको र ज्यान मुद्दामा फरार ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । डकैती र ज्यान मार्ने उद्योग मुद्दामा फरार थप एकजनालाई उनले कानुनी दायरामा ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप