सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सानेपामा कांग्रेस कोइराला पक्षको धर्ना

बुधबार, १२ असोज २०७९, १३ : १४
बुधबार, १२ असोज २०७९

नेपाली कांग्रेसको शेखर कोइराला समूहले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै बुधबार १२ बजेदेखि १ बजेसम्म कोइराला पक्षले धर्ना दिएको हो । 

पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सहभागी थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ । शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरिक छलफल पनि गरिरहेको छ । 

समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ । कोइराला पक्षको विरोधपछि समानुपातिक बन्दसूची सच्याउने सभापति शेरबहादुर देउवाले आश्वासन दिएका छन् । 

मंगलबार बसेको पदाधिकारी बैठकमा देउवाले सबैलाई समेटेर जान आफू तयार रहेको भन्दै बन्द सूची सच्याउन सकिने बताएका थिए । यसका लागि बुधबार बिहान पनि पदाधिकारीको बैठक बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप