इरान अशान्ति : प्रदर्शनमा उत्रिएकी भाइरल युवतीको गोली हानेर हत्या
बुधबार, १२ असोज २०७९, १२ : ३९

आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ । घातक अशान्तिले इरानलाई हल्लाएको छ । सरकारले गरेको दमनबीच भएको विरोध प्रदर्शनमा अग्रमोर्चामा होमिएकी एक भाइरल युवतीलाई प्रहरीले गोली हानेर हत्या गरेको छ । २० वर्षीय हिदिस जबाफीको हत्या भएको हो ।
उनको अन्त्येष्टिको एक भिडियो भाइरल भएको छ, जसमा शोकाकुल मानिसहरू भर्खरै खनेको चिहानमा उनको फोटो देखेर रोइरहेका छन् । रिपोर्टअनुसार उनको पेट, गर्धन र हातमा गोली लागेको छ ।
हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वे स्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश लगानी सम्मेलन : संघीय सरकारलाई उछिन्ने गरी लगानी प्रतिबद्धता हुने दाबी
-
उल्टो बाटोमा जसपा नेपाल : महाधिवेशनपछि पालिका, जिल्ला र प्रदेशको अधिवेशन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मकवानपुर गुडिरहेको कारमा आगलागी
-
बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा
-
चार निर्माण कम्पनी सरकारको कालोसूचीमा