इरान अशान्ति : प्रदर्शनमा उत्रिएकी भाइरल युवतीको गोली हानेर हत्या
बुधबार, १२ असोज २०७९, १२ : ३९
आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ । घातक अशान्तिले इरानलाई हल्लाएको छ । सरकारले गरेको दमनबीच भएको विरोध प्रदर्शनमा अग्रमोर्चामा होमिएकी एक भाइरल युवतीलाई प्रहरीले गोली हानेर हत्या गरेको छ । २० वर्षीय हिदिस जबाफीको हत्या भएको हो ।
उनको अन्त्येष्टिको एक भिडियो भाइरल भएको छ, जसमा शोकाकुल मानिसहरू भर्खरै खनेको चिहानमा उनको फोटो देखेर रोइरहेका छन् । रिपोर्टअनुसार उनको पेट, गर्धन र हातमा गोली लागेको छ ।
हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वे स्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण