बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङमा ट्रयाक्टरबाट खसेर १ जनाको मृत्यु

बुधबार, १२ असोज २०७९, ११ : २५
बुधबार, १२ असोज २०७९

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा हिजो बेलुका ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय टेक बहादुर राई रहेका छन् । 

प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्रयाक्टरमा सवार राई हिजो बेलुकी ८ बजे ट्रयाक्टरबाट खसेका थिए । 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो ।  ट्रयाक्टर सहित चालकलाई प्रहरी चौकी तालखर्क खोटाङले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप