शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, १२ असोज २०७९, ११ : २१
बुधबार, १२ असोज २०७९

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारेलमा गएराती मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा भारतिय नागरिक ३२ वर्षीय सन्दिपकुमार साहु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्वी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको छ ।  नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारेलमा ठोकिएको भन्सार सुरक्षा गार्ड बाँकेले जनाएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप