तोलामा २०० ले बढ्यो सुनको मूल्य
बुधबार, १२ असोज २०७९, ११ : ०९
![तोलामा २०० ले बढ्यो सुनको मूल्य](https://rpcdn.ratopati.com/media/albums/gold_price_Agsw4krPez.jpg)
नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै भाउ २०० ले बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो मंगलबार यसको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम थियो ।