एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट
नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यू आरले भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको अवसरमा बडा छुट अफर सार्बजनिक गरेको छ ।
यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यू आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।
विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यूआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको हो । भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यू पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओस्कारको दौडबाट बाहिरियो ‘लापता लेडिज’
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन