बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इन्डियन आइडल १३ मा पुगिन् फाल्गुनी, नेहाले एपिसोड प्रोमोट गर्न मानिनन्

बुधबार, १२ असोज २०७९, १० : २२
बुधबार, १२ असोज २०७९

बलिउड गायिका नेहा कक्कड आजकाल आफ्नो रिमेक्स गीत ‘ओ सजना’ का लागि चर्चामा छिन् । फाल्गुनी पाठकको गीत ‘मेने पायल हे छनकाई’ लाई नेहाले रिक्रियट गरेसँगै यी दुईबीच वाक् युद्धजस्तो माहौल छ । प्रयोगकर्तालाई पनि यो गीतको रिमिक्स खासै मन परेन । उनीहरुले नेहा कक्कडका लागि निकै खराब शब्द प्रयोग गरिरहेका छन् । उनलाई बेस्सरी ट्रोल गरिरहेका छन् । फाल्गुनीले पनि आफ्नो यो गीतका लागि निकै खराब प्रतिक्रिया दिएकी छिन् ।

यी सबका बीच यो सप्ताहन्तमा फाल्गुनी पाठक सिंगिङ रियालिटी शो ‘इन्डियन आइडल १३’ मा पाहुनाको रुपमा आएकी थिइन् । नेहा कक्कडले फाल्गुनी पाठकको निकै राम्रो परिचय पनि दिएकी थिइन् । यो एपिसोडमा सबैजनाले निकै रमाइलोसमेत गरे । अब नेहा कक्कडले यो एपिसोड प्रोमोट गर्न अस्वीकार गरेकी छिन् ।

फाल्गुनी नेहासँग रिसाएकी छिन्

फाल्गुनी पाठकले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘मलाई म्युजिकको राइट्सबारे कुनै जानकारी छैन । यदि मलाई थाहा भएको भए म नेहा कक्कडविरुद्ध कानुनी उपचार पक्कै पनि लिन्थेँ । उनले ओरिजिनल गीतको रिमिक्स बनाएर यसलाई खराब पारिएको छ । यो असाध्यै नराम्रो छ । ’

नयाँ गीतका कम्पोजर तनिष्क बाग्ची हुन् । यी सबैका बीच जब नेहा कक्कड र फाल्गुनी पाठक एउटै मञ्चमा आएको कुरालाई धेरैले पब्लिसिटी स्टन्ट बताएका छन्. । तर वास्तविकता योभन्दा फरक छ ।

 


 

हिन्दुस्तान टाइम्ससँग यसबारे कुरा गर्दै स्रोतले भन्यो, ‘यो सेगमेन्ट अडिसन्स राउन्डका बेला सुट गरिएको थियो । अगस्ट महिनामा यो सुटिङ भएको थियो । टाइमिङ यस्तो होला भनेर कसैले पनि सोचेको थिएन । यो नवरात्रीका लागि सुट गरिएको थियो । त्यतिबेला नेहा र फाल्गुनीको सम्बन्ध निकै राम्रो थियो । र अब नेहाले यो एपिसोड प्रोमोट नगर्ने कुरामा क्लियर छिन् । न नै फाल्गुनीसँग एपिसोड सुट गरेकोमा कस्तो महसुस भयो भन्नेबारे प्रतिक्रिया दिनेछिन् । नेहा यसबारे केही पनि कुरा गर्ने मनसायमा छैनन् ।’

यो कुराा फाल्गुनी पाठकको समूहले पनि कन्फर्म गरेको छ र यो एपिसोड २० अगस्टमा सुट भएको थियो । नेहा कक्कडले एउटा पोस्ट सेयर गरेकी थिइन् । त्यसमा उनले आफू आफ्नो मेहेनतले यहाँसम्म पुगेको बताएकी थिइन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप