शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिमरामा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा

बुधबार, १२ असोज २०७९, ०९ : ३२
बुधबार, १२ असोज २०७९

जीतपुर सिमरा उपमहानगर,२ सिमरामा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ  । सिमराका ब्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको करिव १८ करोड लगानीमा निमार्ण भएको सिनेमा हल सोमबारदेखि सञ्चालनमा आएको हो । 

संचालनमा आएको केएसआर सिनेमा हल सिमराकै पहिलो हो । यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगन्ज र हेटौडासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । केही समयअघि सिमरामा करोडौंको लगानीमा बिजनेश सेन्टर सुरु गरेका व्यवसायीले दुई वटा स्क्रिनसहितको सुविधासम्पन्न सिनेमाहल संचालनमा ल्याएका हुन् । सोमवारदेखि सञ्चालनमा आएको केएसआर सिनेमाहलमा चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन भएको छ । 

सिनेमा हलको उद्घाटन गर्दै पूर्व श्रम मन्त्री  किसान श्रेष्ठले शहरोन्मुख सिमरामा सिनेमा हल संचालनमा आउनु चलचित्र प्रेमीहरूका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि गौरवको विषय भएको बताएका छन् । विकसित शहरको रुपमा रुपान्तरित हुदै गएको सिमरामा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सिनेमा हल उद्घाटनका क्रमममा प्रेम गीत ३, कलाकारहरु समेतको उपस्थिती रहेको थियो । 

पथलैया–वीरगञ्ज औधोगिक करिडोर, उपमहानगरसँगै जोडिएको काठमाडौ–तराई मधेश द्रुतमार्ग, प्रस्तावित दोस्रो निजगढ अन्तराष्ट्रिय विमानस्थलका कारण बाराको सिमरा केन्द्रीत लगानीहरु भित्रिदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप