बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालयमा शेखर समूहले धर्ना दिँदै

बुधबार, १२ असोज २०७९, ०९ : २२
बुधबार, १२ असोज २०७९

नेपाली कांग्रेस संस्थापन इतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछन् । गत सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको थियो । 

उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति धर्ना दिन लागेको बताएका छन् । शेखर कोइराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ ।  

कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप