प्रतिबन्धित लागुऔषधसहित ३ जना प्रहरी नियन्त्रणमा
बुधबार, १२ असोज २०७९, ०८ : ५९
![प्रतिबन्धित लागुऔषधसहित ३ जना प्रहरी नियन्त्रणमा](https://rpcdn.ratopati.com/media/albums/309012000_653221689700520_7091907004785992461_n_XiZqSgjWL8.jpg)
झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा इलाम माई नगरपालिका २ बस्ने वर्ष २२ का केबिन्द्र गोले, सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने वर्ष ३२ का सन्त लिम्बु रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।