बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा

बुधबार, १२ असोज २०७९, ०८ : २०
बुधबार, १२ असोज २०७९

पोर्चुगललाई १-० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा  प्रवेश गरेका छन् । स्पेनको जितमा ८८ औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे । जितसँगै स्पेन ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ ।  

यही समूहको अर्काे खेलमा स्वीट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । स्वीट्जरल्यान्डका रेमो फ्रुउलेर र ब्रिल इम्वोलोले गोल गर्दा चेक रिपब्लिकका प्याट्रिक सिकले एक गोल फर्काए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप