खाद्यले आजदेखि खसीबोका बिक्री गर्ने, कति पर्छ किलोको ?
![खाद्यले आजदेखि खसीबोका बिक्री गर्ने, कति पर्छ किलोको ?](https://rpcdn.ratopati.com/media/albums/khasi-boka_18_wziQ2n7fUq.jpg)
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरिने भएको हो ।
दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्‍ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्‍ग्रा काठमाडौं ल्याइएको छ । कम्पनीले हिजो खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूल्य नै बढेकाले मूल्य बढ्न गएको कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्‍ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको जानकारी दिए ।
छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्‍ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान