‘स्मार्ट’ बत्तीले झलमल्ल सडक
बुधबार, १२ असोज २०७९, ०७ : १३
काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडकखण्ड स्मार्ट सडकबत्तीले झलमल्ल भएको छ । नेपाल विद्युत् प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा सो खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रिप÷आइल्यान्डमा यस्तो बत्ती जडान गरेको हो ।
सडकको बीचमा रहेका आइल्यान्डमा राखिएका पोलमा १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरिएको छ । यसले गर्दा कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब ४५० वटा यस्ता बत्ती जडान गरिएपछि रातिको समयमा सो सडकखण्ड चित्ताकर्षक बनेको छ । यसबाट सडकको रात्रिकालीन सौन्दर्य देख्न सकिनेछ । घटस्थापनाको दिन पारेर प्राधिकरणले सोमबार रातिदेखि यी बत्ती बाल्न थालेको हो । यो कारोबार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट