ब्याजदर वृद्धिमा व्यवसायी र बैंकरबीच आरोप प्रत्यारोप
नेपाल बैंकर्स संघले ब्याजदर बढाएको आरोप उद्योगी(व्यवसायीहरुले लगाएपछि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरुले व्याज बढाएको दाबी गरेका छन्।
मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई महिनाको समय दिएर व्याजदर बढाएको पनि स्पष्ट पारे ।
उनले हाल डलरको मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवसायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीं नभएको पनि बताए।
अध्यक्ष उपाध्यायले बजारमा तरलता अभावका कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको भन्दै चालू आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन भएको बताए।
उनले कर्जाको व्याजदर परिर्वतन हुने व्यवस्थापनका साथ काम गर्न सक्ने अवस्थाको बानी बसाल्न आवश्यक रहेको भन्दै हाल अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि व्याजदर वृद्धि गरेको स्मरण गरे। यो कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म