निर्वाचन बिथोल्ने षड्यन्त्र भइरहेको छ : श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंसिर ४ गतेका लागि तय भएको आम निर्वाचन बिथोल्ने प्रयत्न र षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार पार्टीको प्रवास समन्वय समितिको बृहत राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुम मार्फत सम्बोधन गर्दै श्रेष्ठले षड्यन्त्रहरुलाई चिर्दै मंसिर ४ गते नै गर्न चुनाव गरिने बताए ।
‘२०७४ सालको चुनावमा संविधान कार्यन्वयनको अवस्थामा थियो । त्यतिबेला स्थानीय तहसहित प्रदेश र संघको चुनाव भयो । गत वैशाख ३० गते स्थानीय तहको चुनाव सम्पन्न गर्यौँ । आगामी मंसिर ४ गते संघ र प्रदेश सभाको चुनाव हुँदैछ’ श्रेष्ठले भने, ‘यो निर्वाचनलाई बिथोल्ने विभिन्न प्रयत्न र षड्यन्त्रहरु भइरहेका छन् । त्यसमा हामीले अनुभुति गरेका छौँ । हामी सम्पूर्ण कुराहरुलाई छोडेर देशलाई चुनावको दिशामा हेल्ने प्रयत्न गरिरहेका छौँ । चुनाव निर्धारित समयमै हुनेछ ।’
चुनावमा माओवादीले सफलता प्राप्त गर्ने मुख्य कार्यनीति बनाएर अघि बढेको पनि श्रेष्ठले बताए । ‘हाम्रो मु्ख्य नेतृत्वबाट संविधान निर्माण भएको छ । जसबाट संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था स्थापित भएको छ । अब विकास र समृद्धि पार्टीकै मुख्य नेतृत्वले गर्नेगरी लाग्नु सबैले साथ दिनु पर्ने छ’ श्रेष्ठले भने । अब पार्टीकै पहलमा विदेशमा भएका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिने अवस्थामा पु¥याउनुपर्ने श्रेष्ठले बताए ।
यस्तै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले आगामी चुनावमा सम्पूर्ण पार्टी एकतावद्ध भई जुट्नुपर्ने बताए । ‘हिजो जनयुद्धमा बुलेटबाट लडाइँ लड्यौँ । अबको चुनाव ब्यालेटबाट जित्नु पर्नेछ । त्यसका लागि पार्टीका सबै नेता कार्यकर्ता एकजुट भई लाग्नुपर्‍यो’ शर्माले भने, ‘देशको विकास र समृद्धि काँग्रेस एमालेले गर्दैनन् । त्यो जिम्मेवारी पनि माओवादीकै नेतृत्वले पुरा गर्ने छ ।’
पार्टीका विरुद्ध एमाले नेता कार्यकर्ताले सामाजिक सञ्जालबाट बदनाम गरेको बताउँदै शर्माले त्यसको प्रतिवादमा जुट्न आग्रह गरे । पार्टीलाई व्यवस्थित बनाउन लेभी सिस्टममा लगिएको पनि शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या