नवौँ राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने
मङ्गलबार, ११ असोज २०७९, २१ : ५८
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गरे ।
सम्झौता अनुसार नेपाल टेलिभिजनले नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाइनलदेखिका प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने छ भने ३६ वटै खेलको हाइलाईट्स र प्रोमो प्रशारण गर्ने सहमति भएको छ । सो अवसरमा सदस्य–सचिव घिसिङले लामो इतिहास बोकेको नेपाल टेलिभिजनसँग जोडिएर सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल उत्सवलाई संसारले नियाल्ने अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले प्रत्यक्ष प्रशारण महत्त्वपूर्ण पाटो भएको धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
-
भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण
-
अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ
-
सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को
-
सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्यो एक क्विन्टल गाँजा
-
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएनन्, एमाले–माओवादी बैठक बस्दै