शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो दयाहाङ र सौगातको ‘२ नम्बरी’

मङ्गलबार, ११ असोज २०७९, २१ : ४३
मङ्गलबार, ११ असोज २०७९

दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।  ३ मिनेट १७ मिनेटको सार्वजनिक ट्रेलर फिल्मका केही महत्वपूर्ण झलक समेटिएका छन् ।

ट्रेलरमा मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धी तामाङको ससक्त उपस्थिती देख्न सकिन्छ । ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । फिल्ममा दयाहाङ, सौगात, उगेन, उपासना, बुद्धीको अलवा पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि अभिनय छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ निर्माता हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छन् । सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा जयन जे वाइवाले संगीत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप